नेपालीलाई अमेरिका, डफीलाई नेपाल मोह
अनुसन्धान, अभिलेख, कला, किताब, चिन्तन, देश, नेपाल साइनो विशेष, परदेश, परम्परा, परिचय, भेटघाट, मनोरञ्जन, राजनिति, विचार, विविध, व्यक्ति, शोधपत्र, संगित, समाचार, समाज, साभार, साहित्य
नेपालको प्रकृति, संस्कृति, सरलता र सद्भावले आम नेपालीहरुको सपनाको गन्तव्य देश बनिरहेको आफ्नै जन्मभूमि अमेरिका फर्किन माल्कम म्याक डफीको मन कठिन मान्छ ।
नेपाल बसाइँमा उनी आफैंलाई थाहा छैन, नेपालको कुन कुरा नराम्रो छ ? कुन विषय मन पर्दैन ? यो विषयमा सोच्न कहिलेकाहीं उनी एक्लै एकान्तमा समेत घोत्लिरहन्छन्, तर पनि चित्त बुझ्दो जवाफ भेटाउँदैनन् । कारण उनलाई नेपालका नागरिक र उनीहरुको सरलता, प्राकृतिक सुन्दरता, संस्कृति सबैले मोहनी लगाएको छ । नेपाललाई छोडेर आफ्नै देश जान पनि भारी लाग्छ ।
नेपाल विश्वमा प्राकृतिक सुन्दरताले भरिपूर्ण, आम नेपालीको सरल स्वभाव, जस्तोसुकै परिस्थितिमा समेत हाँस्न र रमाउन सक्ने क्षमता लगायतबाट उनी अत्यन्त प्रभावित छन् । र त आम नेपालीहरुको सपनाको गन्तव्य देश बनिरहेको आफ्नै जन्मभूमि अमेरिकामा जान उनको मन कठिन मान्छ । उनी अर्थात् अमेरिकन नागरिक माल्कम म्याक डफी ।
न...



