बादलमुनी बागलुङः चिरपानीको मात्र होइन्च, ‘नेपालको कथा होइच’

  • यो चिरपानी, बासघरेको गोपाल, ताराखसेको एक चम्किलो तारा भिम न्यौपाने मात्रको कथा होइन्च ।यो पुस्तक भीमको आमाको कथा । धेरै आमाहरुको कथा । नेपाली आमाको कथा होइच्च । बागलुङको नक्सा नेपालको नक्सा जस्तो हुनु सन्जोग मात्रै नभए झैँ यो बादलमुनी बागलुङ नेपालको कथा होइच ।

भीम न्यौपाने, जन्म बागलुङ बिहुँ चिरपानी । एक कलाकार, चलचित्र निर्माता, व्यवसायी । अब यसमा उनको अर्को एक परिचय थपिएको छ लेखक । बिधिवत रुपमा लेखक भएकोमा सर्वप्रथमः अगणित बधाई र शुभकामना ।

आज म चितवन, भरतपुर, गौरीगन्जका देवीलाल बाको भान्जा, एउटै स्कुल, डेरी, जंगल, सँगै अर्मपर्म गर्ने दिदी मात्र भएर हैन, एक ‘लेखक’ बाट प्राप्त सुन्दर उपहार ‘बादल मुनि बागलुङ’ का बारेमा मलाई लागेका कुराहरु स्वतन्त्र रुपमा केही समिक्षात्मक हिसाबले राख्ने प्रयास गरेको छु ।

· यहाँहरुलाई मेरो परिचय अवगत नै छ । एक शब्दमा भन्नु पर्दा म ‘डिसरप्टर’ । लेखन र सम्वाद मार्फत ‘न्याय र समानता’ का लागि ‘डिसरप्ट’ गरिरहन्छु । मतलब बिथोलिरहन्छु ।
· यो पुस्तक अर्गानिक पारामा जति सलल बग्छ, त्यति नै समय सीमामा रहेर समीक्षा गर्न सजिलो छैन । हुन् त म समीक्षाको विद्यार्थी होइन भन्न पर्दैन ।
· इमान्दारीपूर्वक भन्ने हो भने एकै मुलको पानी खाएको व्यक्तिद्वारा लिखित पुस्तक समिक्षा गर्न जो कोहीलाई पनि सजिलो चाही हुन्न है । यो पुस्तक पढ्दै गर्दा, पढेर सकाउँदा मनमा धेरै कुराहरु आए ।
· साहित्यमा राजनीतिमा जस्तै दलियकरण र सिन्डिकेट छ । उनीहरुले के भन्लान् ? यो पुस्तकले सात समुन्द्रपारीको चमकधमक बोल्दैन । यो सगरमाथा वा जुम्ला वा कुनै प्रसिद्धि कमाएको ठाउँ पनि होइन । यो न कुनै बिलिनियर्सको जीवनी हो वा कुनै प्रथम महिलाको नै ।
· यो त विश्व मानचित्रमा नेपाल मानिने पश्चिम पहाड तर, राजधानी भन्दा जम्मा २७५ किलोमिटर टाढा, अभाव, अन्यायको रापमा, संजोग नै संजोगले बाचेको एउटा कथित बाहुन पुरुषले जुनकिरीहरुको प्रेरणाबाट आँशु र पसिना मिश्रित नुनिलो मसीले बुनिएको बुकीहरुको नयाँ ढोरपाटन ।
· म मेरै लागि लेख्छु अर्थात् यसरी आफ्नै लागि लेखिएको यो पुस्तकले नेपाली साहित्यको धार बदलिदिएको छ, जसरी ‘खलंगामा हमला’ले एक दशक अघि बदलिदिएको थियो ।
· केहि हप्ता अघि संजोगले आदरणीय दाइ निर शाहको अन्तरवार्ता हेरेको थिए– दाइले भन्नु भएको थियो– नेपालमा सिनेमा त बल्ल बन्दैछन्, हाम्रो माटो अनुसारका मौलिक सिनेमा ।
· दाइको विशाल हृदय र विनम्रताले म कायल भएको थिए । हो सिनेमा जस्तै नेपालमा मौलिक किताब बल्ल लेखिदै छन् ।
· नेपाली साहित्यलाई मौलिक पुस्तक दिनु भएकोमा एक पाठकका हैसियतले लेखकलाई फेरी पनि बधाई र धन्यवाद ।
· यो पुस्तक वर्तमान पनि हो । हाम्रो जस्तो पारम्परिक, दोगला, स्वार्थी, नक्कली समाजमा घर भित्र र घर बाहिरका पात्र, परिवेश, घटना परिघटना जस्ताको तस्तै चित्रांकन गर्नु जति अप्ठ्यारो छ, त्यति नै जोखिम पनि उठाउनुपर्ने मेरो अनुभव छ ।
· सायद नामै काफी भने झैँ भीमले कविता र थियटरको मिश्रित शैलीमा, पेट, मन र मस्तिष्क भित्रको पात्रहरुसँग मिहिन ढंगले साक्षात्कार गरेका छन् ।
· मेरो लागि यो पुस्तक सुपरमार्केटमा गए जस्तो भयो । लिने नलिने, के लिने, कति लिने, यहाँको मर्जी ।
· सम्भवतः अधिकांश मानवीय संवेदनाहरु कतिखेर छचल्किन्छन् हिसाब राख्न हम्मे हम्मे पर्छ ।
· तपाई भावबिह्वल बनिरहनु हुन्छ । कतिखेर आँशु खस्छ पत्तै हुँदैन । फेरी उत्सुकताले ता..नी…रहन्छ…पनि ।
· अप्रत्यासित, तपाई हास्ँनै पर्छ ।
· हाँस्दा हाँस्दा अरुहरुले कट्टुमा मुत्छन, तर तपाई हग्नुहुन्छ, त्यो पनि टोपीमा ।
· हग्ने, मुत्ने कुरा अश्लिल हैनन्, हाम्रो जीवनको पर्याय हुन् । मौनता तोड्नै पर्छ ।
· फिटिएका तासका पत्ती झैँ लाग्ने घटनाहरुले कृष्णलीला नै पढिरहेको अनुभूति दिन्छन् । कतै अन्तरनिहित शक्तिले निर्देशित गरे जस्तो महसुस हुन्छ ।
· हुन त परिस्थितिले मान्छेलाई घोच्छ, घोचेको सहन नसक्नेहरुले आँफू र परिस्थितिलाई प्रश्न गर्न थाले पछि आविष्कार हुन करै लाग्छ ।
· ७ वर्षको उमेरमा चाँदीको बालासँग कुखुराको चल्लो साट्न तपाई सक्नुहुन्छ ? हुने बिरुवाको चिल्लोपात होला नि हैन ? नत्र चुड्कीको भरमा, होटेल किन्न, बेच्न कहाँ सकिन्छ ?
· मेरो अहिले सम्म ओत लाग्ने छानो छैन । त्यही भएर, चोट …के हो, ….व्यथा …के हो …बुझाउन अरुण थापा दाइ टुप्लुक्क आइपुग्नु हुन्छ ।
· पुस्तक पसलबाट रीच ड्याडी, पुअर ड्याडी पढेर आफ्नो पुर्पुरोमा हान्दै बस्ने दिने गए अब । यही पुस्तक पढ्नुस्, मज्जाले कमाउनुस् ।
· डण्डिबियोको पारखीहरुले हात उठाम्…….
· तपाईले भुरुङ वा घुर्रा, खोपी, कबड्डी, डण्डीबियो देख्नु,खेल्नु भएको छैन भने च्याट जीपीटिलाइ सोध्न पर्दैन, यही पुस्तक पढे हुन्छ ।
· समाजसेवा गर्न मन थियो तर ………भन्ने हो भने, गनगन आजैबाट छोड्नु, यही किताब पढ्नु, के कसरी गर्न प्रेरित गर्छ ।
· खानेमुखलाई बुलाकीले छेक्दैन । खानेमुखलाई बुलाकीले छेक्दैन ।
· सीमीत, स्थानीय स्रोत र साधनलाई सामूहिक र मानवीय प्रयोजनका खात पढ्दा ताजुब लाग्छ । जति सृजनशील त्यति नै दयालु, कम्पासनेट पनि ।
· महात्मा गान्धीले झैँ गालामा चड्कन थापिरहने धैर्यता के खाएर आउँछ हो लेखक ज्यू ।
· मलाई पनि चाहिएको छ अलिकति त्यो मन्त्र । महिनावारीलाई मर्यादित बनाउनु पर्छ के भनेको थिए, चड्कन त भातका सिता भन्दा पनि बढी खान पाइच्चु का ।
· मलाई विस्वास गर्नुहुन्छ भने तपाई नेपाली भाषा फुटाएर पढ्न सक्ने सबैले यो किताब पढ्नुस् । लौ जा निर्देशन नै दिए । ‘निर्देशन’ दिने जमाना जो छ ।
· जति छिटो पढ्यो उति फाइदा । मैले यो किताब पहिले नै पढ्न पाएको भए पाच बसन्त पार गर्दा पछुतो लागिरहने बिजनेश र पोलिटिक्स चाही पक्कै गर्ने थिए ।
· यो पुस्तक कथा हो कि उपन्यास, जीवनी हो कि नाटक, कविता हो कि निबन्ध, गफ हो कि दर्शन, शिल्पको चुचुरो हो कि बिम्बको भकारी, समाज शास्त्र हो कि अर्थ शास्त्र म त्यसको विज्ञ हैन । तपाई किताब खोजी–खोजी आफै पढ्नुस् । आफै न्वारान गर्नुस् ।
· सुगर देखिएको छ कि छैन,नत्र पुस्तकको गुलियो चिया खाएर जानुहोला । नेपालीले गुलियो चिया खानुको समाजशास्त्र नेपाल सरकारको चिया तथा कफी बोर्डको वेबसाइट हेरेको, देखिन ।
· नुनको कथा–मेरो बाको, तपाईको बाको, ओडार, छाप्रा, खोल्साहरू सँगको बाध्यात्मक मित्रता हामी नेपालीको नलेखिएको तर, साझा इतिहास ।
· सोह्रौ शताब्दीदेखि गरिमामय इतिहास बनाएको बागलुङ, विश्व युद्दमा अप्रत्यक्ष तर, अगणित योगदान गरेको बागलुङ, नेपाली आधुनिक राजनीतिको आधारभूमि बागलुङ, डोल्पा, मुस्ताङ भएर तिब्बतसँग व्यापार गर्ने बागलुङ, परम्परागत इन्जिनियरिङ, कृषि, बन, खेलकुद, खाद्य, सम्बन्धी स्थानीय ज्ञान र सिपको भकारी हो बागलुङ ।
· तर, विश्वास नै नलाग्ने गरी सडक, सञ्चार, शिक्षामा पछाडि परेको पढ्दा मन यसै यसै कँुडिएर आउँछ ।
· काठमाडौँको माइतीघरमा खोटाङ देखि आएर अनसन बस्ने मेयर तीर्थराज भट्टराईलाई तपाईहरुले नाटकीय सोच्नुभएको भए ठिक गर्नु भएन । पत्याउनु हुन्न भने बाँसघरे यो किताब पढुम् है साथी हो ।
· विदेशीका अर्थशास्त्र, समाज शास्त्रका ठेली कनी कनी पढ्न छोडेर हाम्रा विश्व बिद्यालयले यो किताब पढाउनु पर्छ अब ।
· आप्रवासन नेपालीको बाध्यता हो कि वा गतिशील अर्थतन्त्रको अपरिहार्यता हो । यो नियन्त्रण वा नियमन के गर्ने भन्न बुझ्नको लागि पनि यो पुस्तक तपाईले पढ्नैपर्छ ।
· यो पुस्तकले घर, बिद्यालय, समाजमा बेथिति, अन्यायलाई पनि छर्लङ्ग पार्न हिम्मत गरेको छ ।
· सन् १९४७ मा सर्वजित विश्वकर्माको नेतृत्वमा नेपालकै पहिलो दलित आन्दोलन शुरु गर्ने बागलुङ जातीय विभेदमा अघि नै भएको कुराले मन चसक्क हुन्छ ।
· ग्रह कटाउन, आयु बढाउन, माया पिरती जोगाउन, पुन्य कमाउन वा जे–जे बहानामा गरिने बाल बिवाह, बहु–विवाहले बालबालिका, महिला, पुरुष, परिवार र सिंगो समाजलाई नै बहुआयामिक नकारात्मक असरहरुका लागि यो पुस्तक प्रयोगात्मक अनुसन्धानको प्रमाण हो ।
· केही थान किताब सिंहदरबार तिर सचिव, मन्त्रीलाई उपहार पठाई दिनुहुन् अनुरोध छ ।
· पुस्तकमा माया, ममता, त्याग, सहनशीलता आमासँग मात्रै हैन, हजुरआमा, दिदी, दाइ, बहिनी, श्रीमतीले पनि पारख गर्न सक्छन भन्ने दृष्टान्त हुँदा–हुँदै पनि महिलाहरु माथि उनीहरुकै मुखबाट कर्तव्य, संस्कार, परिस्थितिजन्य स्पष्टिकरण जुटाएर पितृ सत्तात्मक प्रवृत्तिको सामाजिकीकरण र संस्थागतिकरणको प्रमाण बिद्यावारिधिको शोध झैँ पेश भएको छ ।
· छोरीहरु दासका रुपमा प्रस्तुत छन् । देख्छन्–देख्दैनन् । बोल्छन्–बोल्दैनन्, सुन्छन् –सुन्दैनन् ।
· पूर्णतः संवेग विहीन छन् ।
· सोफिया जस्ता रोबर्ट होइनन् तर, रोबर्ट झैँ नियन्त्रित छन् ।
· पल–पल हेपिनु, खान, लाउन, पढ्न, पैत्रिक सम्पत्तिमा पहुँच नहुनु गरिबी कारण हुँदै होइन ।
· खास कारण उनीहरु मान्छे नगनिनु । मान्छे नगन्नु । मान्छे बन्न नदिनु ।
· त्यसैले सामाजिक न्याय र समानतामा विश्वास र अभ्यास गर्ने जो कोहीले पढ्नै पर्ने पुस्तक हो यो ।
· अघि देखि नै सरस्वती जी अर्थात् भीम जीको श्रीमती माथि अन्याय भयो भन्ने लागि रहेको थियो । समाजले महिलालाई कर्तव्यको लक्ष्मण रेखा कसरी तय गर्दै, थाहै नपाउने गरी विभेद र शोषण गर्छ भनेर सोचिरहेको थिए । अझै महिलाहरु नै त्यो विभेद र शोषणलाई सामान्यीकरण गर्ने र गराउने प्रवक्ता बनाइएको दृष्टान्त पुस्तकमा शुरु देखि अन्त्यसम्म नै छताछुल्ल पढ्न पाइन्छ । त्यो इमान्दारिताको लागि लेखकलाई सलाम ।
· हजुरआमा, आमाहरु, दिदीहरु माथिको विभेद बिर्सनलाई यसो पल्टिएर किताब के पढ्न थालेको थिए, एकाएक म फ्रिज…… भए ……..।
· जब मैले सुत्केरी हुन् करिब ३ हप्ता बाँकी हुँदा काठमाडौं बसिरहेको श्रीमतीलाई उल्टो बाटो एम्बुलेन्स पनि नचल्ने चिरपानी पठाएको पढे ।
· संजोग पनि कस्तो त्यतिखेर म सुत्केरी हुन् किन अस्पताल जानुपर्छ भन्दै त्यतै थिए ।

· महिलाहरुलाई लामो संघर्ष, धैर्यता पछि प्राप्त भएका अवसर, सेवा र सुविधाबाट कसरी बञ्चितिमा पारिन्छन् ? पितृसत्ता र विषाक्त पुरुषत्वको मारमा पुरुषहरु पनि निरीह भएर कसरी पूर्वाग्रही निर्णय लिन पुग्छन् भन्ने ज्वलन्त उदाहरण पढ्न पाइन्छ । त्यसैले, यो पुस्तक विश्व बिद्यालयले स्रोत पुस्तकमा राख्न जरुरी छ भन्दै गर्दा, पुस्तकमा अपेक्षा नगरेको तथ्य हो मेरा लागि ।
· एकछिन सम्हालिएर के पढ्न शुरु गर्दै थिए, मेरो आँखाबाट कतिखेर आशु झ¥यो पत्तो नै भएन ।
· एउटा नर्स, जसले मर्यादित मातृत्वका लागि जीवन समर्पित गरिरहेको छ, उसैले पढ्दै थियो– घरको दैलामुनी, बारीको छेउमा, शौचालयको आडमा, कटेराको नजिकै छ, सुन्तलाको बोट । त्यही सुन्तलाको बोटको फेदमा च्या……च्या.. ग¥यो ।
· मेरो किताब हातबाट खसिसकेको थियो, ब्युँझिएर, मनमनै सोधे– भीम जी, त्यो दया, माया, मानवीयता कसका लागि र किन ? यो राजनीति भन्दा के फरक भयो र ?
· जवाफ दिनु पर्दैन । चोरखोलामा पानी कति बग्यो बग्यो ।
· यी पुस्तकमा उल्लेख गरिएका बालिका, महिला माथि गरिएका सबै विभेदको मूल कारण वा जरा महिनावारी विभेद हो ।
· संसारमा महिनावारीलाई बुझाउन ५००० नक्कली शब्द छन् भने नेपालमा ५० भन्दा बढी ।
· यो किताबमा कति छन्, कहाँ कहाँ छन् ?आफै पत्ता लगाउनुस् ।
· पाठेघर नलिईकनै जन्मिएका छोरा वा पुरुषहरु पनि महिनावारी विभेदको शिकार कसरी भएका हुन्छन् भन्ने प्रमाण बग्रेल्ती भेटिन्छन् ।
· अष्टे«लियाको मेलबर्नमा के हुन्छ होला भनेर खुल्दुली भने लागिरहेको छ ।
· महिनावारी विभेदको चक्रव्यूहमा बालबालिका, किशोर किशोरी, महिलाको अधिकार बन्धक भएको हुन्छ ।
· असमान शक्ति सम्बन्ध र पितृसत्तात्मक सोचको निर्माण भएको हुन्छ । कर्णाली र सुदूरपश्चिमलाई औंला तेस्र्यारहने नेपाल सरकार र केही अभियन्तालाई यो पुस्तकले गतिलो जवाफ दिएको छ ।
· ढुंगाको कापमा उम्रिएको पिपल सधै पिपल बन्न सक्दैन, तर अपवाद पनि हुन्छ नि । त्यही अपवादको दसी हो यो ‘बादलमुनी बागलुङ’ ।
· यो किताब एउटा दर्शन हो ।
· यो चिरपानी, बासघरेको गोपाल, ताराखसेको एक चम्किलो तारा भिम न्यौपाने मात्रको कथा होइन्च ।
· यो पुस्तक भीमको आमाको कथा । धेरै आमाहरुको कथा । नेपाली आमाको कथा होइच्च ।
· मेरो कथा, तपाईको कथा, हामी अधिकांश नेपालीको कथा होइच्च ।
· बागलुङको नक्सा नेपालको नक्सा जस्तो हुनु सन्जोग मात्रै नभए झैँ यो बादलमुनी बागलुङ नेपालको कथा होइच ।
· जननी, जन्मभूमिश्च स्वर्गदपी गरियसी । लेखकले पुस्तक मार्फत आमा, ….नेपाल आमालाई अर्पिएको उपहार होइच ।
· इमानको धर्म गरिरहनु, लेखिरहनु, एक दिदीको यही आर्शिवाद र आग्रह गरिच्चु ।
· कैलाश कहाँ छन्, कैलास ……..? उनले आफ्नो जन्म पढ्न पाउनुपर्छ । पेटभित्रको जन्म त् पढिसके । उनका पुस्ताले पढ्न सक्ने लिपिमा पुस्तकलाई देख्न पाइयोस् ।
· अनि मेरो जन्म दिने आमाले छोडेको झन्डै १६ बर्ष पछि नयाँ आमा पाएको दिन पनि हो ।
· देबेन्द्र गुरु बा, बल्लबी आमामा नमन गर्दै गर्दा, भीम जी र म लेखकका हैसियतले आज संगै भए झैँ, लेखनकै नयाँ भूमिकामा सँगै उभिने सपना पनि देखेको छु । यसका लागि लेखकलाई सबैको माया र आशिर्वाद रहोस् ।
· भीम जी ‘बादलमुनी बागलुङ’ पछि के देखियो ? त्यो पनि यसरी नै विमोचन गर्न मन छ ।
· अन्तमा लेखकलाई पुनः हार्दिक बधाई र शुभकामना ।

VIRAL88
GORI77
WINSTRIKE69
CLAN4D
VIRAL88
VIRAL88
PAKONG86
LINABET69
KAPTENJACKPOT
GORI77
GORI77
GORI77
VIRAL4D
BOOSTERJP
GORI77
GORI77
GORI77
VIRAL88
VIRAL88
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
VIRAL4D
VIRAL88
WINSTRIKE69
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
CLAN4D
WINSTRIKE69
WINSTRIKE69
winstrike69
SAMSONBET86
WINSTRIKE69
winstreak 69
winstreak69
winstrik69
winstrike 69
winstreak 69 login
WINSTRIKE69
ELANG212
LINABET69
LINABET69
WINSTRIKE69
superjp
jagoan86
boosterjp
gori77
gori77
boosterjp
winstrike69
boosterjp
boosterjp
pakong86
kaptenjackpot
superjp
winstrike69
winstrike69
winstrike69
winstrike69
jagoan86
dinamit4d
dinamit4d
dinamit4d
samsonbet86
kaptenjackpot
gori77
kaptenjackpot
superjp
samsonbet86
elang212
pakong86