२७ भदौ, काठमाडौं ।
जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । यसमा ३ जना प्रहरी र १ जना भारतीय नागरिक पनि परेका छन् ।
प्रहरी प्रवक्ता एवं प्रहरी महानिरीक्षक विनोद घिमिरेका अनुसार शुक्रबार बिहानसम्म मृत्यु हुने प्रदर्शनकारीको संख्या यति पुगेको हो ।
देशमा भ्रष्टाचार व्याप्त रहेको भन्दै त्यसको विरोधमा जेन–जी समूहले काठमाडौं लगायत देशैभरका ठूला सहरहरूमा प्रदर्शन गरेको थियो । सोही प्रदर्शनमा प्रहरीले गोली प्रहार गर्दा धेरै युवाको ज्यान गएको हो । ज्यान गएकाहरूमध्ये केहीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
अझै पनि देशका विभिन्न अस्पतालमा ३३ अस्पतालमा गरी करिब ३०० जना घाइते प्रदर्शनकारीको उपचार भइरहेको छ भने पन्ध्रसय जना जति उपचारपछि डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।