अनौठो प्रचलनः नदीमा हाम फाल्दै गरिन्छ ‘नांखा पूजा’

  • पुलमा दैविक शक्ति रहेको हुँदा उत्तरगंगामा हाम फाल्ने कापैलाई चोट पटक नलाग्ने र नदीले नबगाउने बुढा मगरले बताए । पुलबाट हाम फाल्दा अहिले सम्म त्यस्तो कुनै अप्रिय घटना भएको छैन ।

अर्ध नग्न शरीर, कालो मोसोले अनुहार र छाती छोपिएको, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर दौडिदैछन् केही युवा । पछि–पछि ढ्याङ्ग्रो ठटाउँदै आइरहेछन् थुप्रै झाँक्री । माथिदेखि दौडिदै आएका झाँक्री र एक हुल युवाको दृश्य निकै रोचक छ । जसलाई हेर्नका लागि निसेलढोरमा सयौं मानिस जम्मा भइरहेका छन् ।

परम्परागत नांखा पूजाले मेलाकै रुपमा लिँदै

यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन् । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा छ । हरेक दुई-दुई वर्षमा हुने गाउँ पूजा पछिल्लो समय मेलाकै रुपमा लिन थालिएको छ । गाउँ पूजालाई मगर खाम भाषामा नांखा पूजा भन्ने गरिन्छ । गाउँ पूजा अन्य पूजा भन्दा अलि पृथकनै छ । भदौ १ गते निसीबासीले गाउँ पूजालाई धुमधामका साथ मनाउने गर्छन् ।

स्थानीयले साउन मसान्तकै दिनदेखि विभिन्न देवी देवताका नाममा पूजा गर्ने र साँझा गाउँभरीका झाँक्रीहरु एकै ठाउँमा जम्मा भएर तन्त्रमन्त्र गर्छन् । विहान सवेरै निसेलढोर गाउँ भन्दा माथि रहेको बराह थानमा पुगेर पूजा गर्छन् । बराह थानमा पुगेपछि युवाहरुले अर्ध नग्न बनेर अनुहार र शरीरमा कालो मोसो लगाउने र राक्षसको स्वरुप धारण गर्ने गर्छन् । झाँक्री र राक्षसको स्वरुप धारण गरेका कापैले गाउँमा अनिष्ट गर्ने भुतप्रेत र राक्षसी आत्मालाई उत्तरगंगा नदीमा खसाल्ने बुढापाका बताउँछन् ।

अनिष्ट हुन थालेपछि ‘गाउँ पूजा’

एक हजार वर्ष पहिले निसेलढोरबाट स्थानीय बसाइँसराइ गरेर अन्तै जाँदा हिड्न नसक्ने जुजाजुजी (बुढाबुढी)लाई गाउँमाथिको ओडारमा लगेर छोडेको र महिनौँ पछि हेर्न पुग्दा मृत्यु भइसकेकाले उनीहरुको आत्माको शान्तिका लागि गाउँ पूजा थालिएको श्रुति कथन छ ।

ओडामार मृत्यु भएका जुजाजुजी राक्षसको रुपमा गाउँ पसे पछि मान्छे मर्ने, धन सम्पत्ति, बालीनालीको क्षति हुने, पशुचौपायासमेत मर्ने गरे पछि शान्तिका लागि सुरु गरिएको गाउँ पूजा अहिलेसम्म चल्दै आएको छ । पहिले निसेलढोर आसपासमा ठूलो बस्ती रहेको प्रमाणित गर्ने अवशेष अहिले पनि भेटिने गरेको निसेलढोर गाउँमा सयौँ वर्ष अगाडि अनिष्ट हुन थालेपछि गाउँलेले गाउँ पूजा गर्न थालेको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले बताए । गाउँ पूजा गर्दा मृत आत्माले शान्ति पाउने र गाउँमा अनिष्ट नहुने उनी बताउँछन् ।

“गाउँ पूजा धेरै वर्ष पुरानो मानिन्छन्, यसको सुरुवात एक हजार वर्ष अघि देखि भएको भन्ने छ, बुढापाकाका अनुसार पहिले निसेलढोरमा ठूलो बस्ती रहेछ, अहिले पनि त्यसका अवशेषहरु छन्, त्यसबेला पुर्खाहरु बसाइँसराइ गरेर अन्तै जाँदा हिड्न नसक्ने जुजाजुजीलाई गाउँमाथिको ओडारमा छोडेछन्, पछि आफन्त भेट्न आउँदा उनीहरुको मृत्यु भइसकेको रहेछ,” उपाध्यक्ष घर्तीमगरले कथालिकासँग भने–“उनीहरुको मृत्यु भइसके पछि निसेलढोर गाउँमा अशुभ हुन थालेछ, त्यसपछि सिंगो गाउँमा बस्ने सबैले गाउँ पूजा गर्न सुरु गरेछन्, पूजा गरेपछि गाउँमा अनिष्ट हुन छोडेछ, एक वर्ष पूजा ग¥यो भने दुई वर्षसम्म अशुभ नहुने मान्यता छ ।”

भूत धपाउन खोलामा हाम फाल्छन् युवा

बराह थानबाट पूजा गरेर फर्किएका राक्षसको रुप धारण गरेका कापै अग्लो झोलुङ्गे पुलबाट उर्लिएको उत्तरगंगा नदीमा हाम फाल्छन् । जसलाई स्थानीयले भूत प्रेतलाई धपाएको भन्ने गर्छन् । यसरी भूत धपाए पछि गाउँमा कुनै पनि किसिमको अनिष्ट नहुने स्थानीय राजमन बुढा मगरले बताए । झण्डै डेढ सय मिटर अग्लो पुलबाट उर्लिएको नदीमा हाम फालेका युवाहरुलाई नदीले बगाउनु पर्ने हो । चोटपटक लाग्नु पर्ने हो तर, उनीहरु कसैलाई पनि चोट पटक लाग्दैन भने नदीले पनि बगाउँदैन ।

यस पुलमा दैविक शक्ति रहेको हुँदा उत्तरगंगामा हाम फाल्ने कापैलाई चोट पटक नलाग्ने र नदीले नबगाउने बुढा मगरले बताए । पुलबाट हाम फाल्दा अहिले सम्म त्यस्तो कुनै अप्रिय घटना नभएको उनी बताउँछन् । पहिले झोलुङ्गे पुल नबन्दा काठको साँघुबाट नै कापैले खोलामा हाम फल्ने गरेको उनको भनाई छ । भूतलाई खोलामा खसाए पछि गाउँलाई रोग व्याधी नलाग्ने, वस्तुभाउ र बालीनाली पनि राम्रो हुने बुढा मगरको भनाई छ ।

“झाँक्रीले विधि प्रक्रिया अनुसार कापैलाई तन्त्रमन्त्र गरेको हुन्छ, कापैले अनुहारमा लगाएको कालो मोसो, शरीरमा लेखिएको विभिन्न अक्षर र राक्षसको जस्तो पहिरनले भूत प्रेतलाई फकाउने र लखेट्दै लगेर खोलामा खसाल्ने गरिन्छ, हाम्रो पुर्खाहरुले मान्दै आएको परम्परा अहिले सम्म चल्दै आएको छ, यसमा धार्मिक विश्वास छ, हाम्रो आस्था छ,” उनले भने ।

संरक्षणमा युवा र पालिका

गाउँ पूजालाई लोप हुन नदिनका लागि निसीखोला गाउँपालिका–५ का युवाहरुले चासो दिएका छन् । यसवर्ष पनि गाँउ (नांखा)पूजा सञ्चालक तथा व्यवस्थापन समिति मार्फत पूजा संचालन गरिएको थियो । युवाहरुले चासो नदिँदा लोप हुने हुँदा संरक्षणका लागि आफूहरु लागेको गाँउ (नांखा)पूजा सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण छन्त्यालले बताए । युवाहरुलाई एकताबद्ध गराएर पूजा संरक्षणमा लागेको उनको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य घर्तीमगरले कला संस्कृति संरक्षणका लागि गाउँपालिका हरेक वर्ष बजेट विनियोजन गरि काम गर्दै आएको बताए । लोपोन्मुख संस्कृतिको संरक्षणका लागि पाका पुस्ता र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर पुस्तान्तरण गर्ने काम समेत गाउँपालिकाले गर्दै आएको उनको भनाई छ । गाउँ पूजा निसीखोलाको विशिष्ट मौलिक संस्कृति भएको हुँदा पालिकाले प्राथमिकतामा राखेरै संरक्षणमा जोड दिएको अध्यक्ष घर्ती बताउँछन् ।

VIRAL88
GORI77
WINSTRIKE69
CLAN4D
VIRAL88
VIRAL88
PAKONG86
LINABET69
KAPTENJACKPOT
GORI77
GORI77
GORI77
VIRAL4D
BOOSTERJP
GORI77
GORI77
GORI77
VIRAL88
VIRAL88
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
VIRAL4D
VIRAL88
WINSTRIKE69
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
CLAN4D
WINSTRIKE69
WINSTRIKE69
winstrike69
SAMSONBET86
WINSTRIKE69
winstreak 69
winstreak69
winstrik69
winstrike 69
winstreak 69 login
WINSTRIKE69
ELANG212
LINABET69
LINABET69
WINSTRIKE69
superjp
jagoan86
boosterjp
gori77
gori77
boosterjp
winstrike69
boosterjp
boosterjp
pakong86
kaptenjackpot
superjp
winstrike69
winstrike69
winstrike69
winstrike69
jagoan86
dinamit4d
dinamit4d
dinamit4d
samsonbet86
kaptenjackpot
gori77
kaptenjackpot
superjp
samsonbet86
elang212
pakong86